Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन


GDP नेपाल
   ३ बैशाख २०८३, बिहिबार


काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको यस पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण सहज रूपमा प्राप्त गर्न सकिने जनाएको छ। बैंकका अनुसार उक्त पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान (लोकेशन) सहित गुगल म्यापमार्फत विस्तृत जानकारी उपलब्ध हुनेछ।

लिलाम बिक्रीसम्बन्धी सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com/ मा प्रवेश गरी ग्राहकहरूले पोर्टल प्रयोग गर्न सक्नेछन्।

साथै, इच्छुक ग्राहकहरूले सम्बन्धित सम्पत्तिको विवरण पेजमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना भरेर थप जानकारीका लागि सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

बैंकले यो पोर्टलमार्फत नियमित रूपमा बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशन गरिने उल्लेख गर्दै, इच्छुक ग्राहकहरूलाई सहज रूपमा सम्पत्ति सम्बन्धी विवरण प्राप्त गरी आवश्यक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह