Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाख महिनाभर छुटैछुट


GDP नेपाल
   २ बैशाख २०८३, बुधबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्यताका साथ मनाउने भएको छ। बैंकले १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’१९ औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३ मनाउने तयारी गरेको हो।

२०८३ वैशाख महिना भर सञ्चालन हुने विविध कार्यक्रमहरु र छुटले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ।

सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पिओएस वा ई–कमर्श ट्रासक्याक्सन मार्फत सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० रूपैयाँ क्यास व्याक, मोबाइल बैंकिङ अथवा डिजी बैंक मार्फत ई–कम कार्ड अनुरोध गरेमा एसुरेन्स चार्जमा ५० प्रतिशत छुट दिने भएको छ।

निष्कृय व्यवसायिक क्युआर भएका ग्राहकहरूले आफनो क्युआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत अधिकतम् १९० रुपैयाँ क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरूमा पोस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट, मोबाइल बैंकिङ अथवा डिजी बैंक मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत दिने बैंकले जनाएको छ ।

पारिवारिक सदस्यहरूको नयाँ खाता रेफर गरेमा प्रति खाता १०० रूपैयाँ क्यास व्याक, मोबाइल बैंकिङ मार्फत इन्टरनेसनल रेमिटेन्सको रकम भुक्तानी लिएमा २०० क्यास व्याक जस्ता सुविधाहरू प्रदान गर्ने भएको छ।

यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोबार थप प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

प्रकाशित : २ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह