काठमाडौँ । शुक्रबार सेयर बजार परिसूचक नेप्से ५.३६ अंकले बढेर दुई हजार ८३८.४० विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन ११३, हाइड्रोपावर २७, उत्पादन १६२, अन्य ११ र व्यापार उपसमूह १ अंकले बढेको छ । समग्रमा बजार घटेपनि बैंकिङ ४, विकास बैंक २२ , फाइनान्स ७, जीवन बीमा १०, माइक्रोफाइनान्स १६ र निर्जीवन बीमा उपसमूह ५७ अंकले घटेको छ ।
आज सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, शिखर पावर र रिजलाइन इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि एशीयन हाइड्रोपावरको सेयर भने साढे ४ प्रतिशतले घटेको छ ।
यस दिन ३३५ कम्पनीको एक करोड ८० लाख कित्ता सेयर ७ अर्ब ४६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया