काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३३.८३ अंकले घटेर दुई हजार ८३३ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक १७ , फाइनान्स ४९, होटल तथा पर्यटन ४१, हाइड्रोपावर ६२, जीवन बीमा ११७, उत्पादन १८०, माइक्रोफाइनान्स ३५, निर्जीवन बीमा १४५, अन्य ४० र व्यापार उपसमूह ३९ अंकले घटेको छ ।
आज सिन्धु विकास बैंकको सेयर सबैभन्दा धेरै ९.४७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३४२ कम्पनीको दुई करोड ७ लाख कित्ता सेयर ९ अर्ब ३१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया