Logo

बिजनेस होम

एक्सपेरियन्स लाइफ विद् सिजीः विशेष क्यासब्याकदेखि शून्य प्रतिशत इएमआईसम्म !


gdpnepal
   ३ बैशाख २०८३, बिहिबार


काठमाडौँ । नेपालको अग्रणी घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा “एक्सपेरियन्स लाइफ विद् सिजी” शीर्षकमा नयाँ वार्षिक ब्रान्ड अभियान सार्वजनिक गरेको छ। अभियानसँगै कम्पनीले “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” भन्ने नारासहित विशेष उपहार योजना पनि सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार गत वर्ष सञ्चालन गरिएको “लेभल अप!” अभियानले नेपाली बजारमा प्रविधि र गुणस्तरका नयाँ मापदण्ड स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। सो अवधिमा एआई टिभी, एआई एयर फ्रायर, कराओके टिभी र १०० इन्चको विशाल टिभीजस्ता अत्याधुनिक उत्पादनहरू सार्वजनिक गर्दै उपभोक्तालाई आधुनिक जीवनशैलीतर्फ उन्मुख गराइएको थियो। उक्त अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सफलतालाई निरन्तरता दिँदै यस वर्षको नयाँ अभियान ल्याइएको कम्पनीले जनाएको छ।

“एक्सपेरियन्स लाइफ विद् सिजी” अभियानमार्फत ग्राहकको जीवनशैलीलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखिएको छ। यो अभियान वर्षभर विभिन्न चाडपर्व र विशेष अवसरहरूमा सञ्चालन हुने बताइएको छ।

नयाँ वर्षको सुरुवातसँगै कम्पनीले प्रिमियम जीवनशैलीको अनुभव दिलाउने, आकर्षक उपहारसहितको खरिद योजना लागू गर्ने तथा बम्पर लक्की ड्रको व्यवस्था गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी क्यूआर कोड स्क्यानमार्फत विवरण दर्ता गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्, जसअन्तर्गत भाग्यशाली विजेतालाई बम्पर उपहार प्रदान गरिनेछ।

यसैगरी, कम्पनीले नागरिकता मात्रका आधारमा उपलब्ध ‘० प्रतिशत ईएमआई’ सुविधा वर्षभर निरन्तर उपलब्ध गराउने जनाएको छ, जसले प्रिमियम प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्‍याउने विश्वास लिइएको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। साथै, ग्राहकले कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन्।

कम्पनीले नयाँ अभियानमार्फत वर्ष २०८३ भरि नै नवीन प्रविधि, गुणस्तरीय सेवा र नवप्रवर्तनमार्फत उपभोक्तालाई उत्कृष्ट जीवन अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह