काठमाडौं । चालू आर्थिक वर्ष (२०८२८३)को नौ महिनामा नेपालले कूल २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ ।
अघिल्लो आवको नौ महिनाको तुलनामा १८.४६ प्रतिशतले वृद्धि भएको निर्यात व्यापारमा यो अहिलेसम्मकै रेकर्ड पनि हो ।
अघिल्लो चैतसम्म नेपालले १ खर्ब ८८ अर्ब १९ करोडको बस्तु निर्यात गरेको थियो ।
भन्सार विभागका अनुसार चैतसम्म आयात व्यापार १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड पुगेको छ भने व्यापार घाटा पनि १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ ।










प्रतिक्रिया