काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १३.१७ अंकले घटेर दुई हजार ८२५.२३ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ९ , फाइनान्स १७, हाइड्रोपावर ९, जीवन बीमा ८०, उत्पादन ९८, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा १२, अन्य ८ र व्यापार उपसमूह १२ अंकले घटेको छ । समग्रमा बजार घटे होटल तथा पर्यटन उपसमूह भने ८४ अंकले बढेको छ ।
आज डोल्टी पावर कम्पनीको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको सेयर १५ प्रतिशतले बढेको छ ।
यस दिन ३४९ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ५ अर्ब ४३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया