काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया वैवाहिक बन्धनमा बाँधिएका छन् ।
पेशाले चिकित्सकसमेत रहेका कडरियाकोसोमबार पाँचचारे होटल सोल्टीमा धुमधामका साथ विवाह भएको हो ।
कडरियासँग वैवाहिक बन्धनमा बाँधिएकी दीक्षा पन्थी पेशाले नर्स हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अस्पतालमा रजिष्टर्ड नर्स (आरएन)का रुपमा कार्यरत रहेकी छन् ।
पन्थीले नर्सिङ क्याम्पस महाराजगञ्जबाटै अध्ययन पूरा गरेकी हुन् ।
डा. कडरिया राजनीतिसँगै समाजसेवामा पनि सक्रिय छन् भने हालैमात्र उनले चिकित्साशिक्षामा स्नात्तकोत्तर अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेका छन् ।










प्रतिक्रिया