Logo

Banner-news

मापदण्ड नपुग्दा १८ बस्तुगत संघ एफएनसीसीआई सदस्यताबाट वञ्चित, क्षेत्रगत दोहोरोपन मुख्य कारण


gdpnepal
   ८ बैशाख २०८३, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को सदस्यता समितिले विभिन्न १८ वटा संघ–संस्थालाई सदस्यता दिन सिफारिस नगर्ने निर्णय गरेको छ।

महासंघको विधानअनुसार आवश्यक आधारभूत मापदण्ड पूरा नगरेको ठहर गर्दै समितिले ती संघहरूको आवेदन अस्वीकृत गरेको हो  ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश संघहरू एउटै क्षेत्रभित्र दोहोरो प्रतिनिधित्व (ओभरल्याप), न्यूनतम सदस्य संख्या नपुग्नु, आवश्यक अवधिसम्म सक्रियता नदेखिनु तथा सदस्यहरूको संरचना स्पष्ट नभएको जस्ता कारणले अयोग्य ठहरिएका छन्।

महासंघको विधानको दफा ११ अनुसार एउटै प्रकृतिको संघ वा महासंघ पहिले नै सदस्य भइसकेको अवस्थामा सोही वर्गको अर्को संस्थालाई सदस्यता दिन नपाइने व्यवस्था छ, जसले धेरै संघहरूको आवेदन असफल बनाएको देखिन्छ।

संघगत रूपमा अस्वीकृतिका कारण

१. एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (APHIN)
निजी स्वास्थ्य क्षेत्रमै अन्य संस्थाहरू महासंघमा आबद्ध भइसकेकाले एउटै वर्गमा दोहोरो प्रतिनिधित्व हुने भन्दै अस्वीकृत।

२. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ
पेट्रोलियम क्षेत्रमा पहिले नै अन्य संघ सदस्य भएकाले विधानको ‘एक वर्ग–एक प्रतिनिधित्व’ प्रावधानअनुसार सिफारिस भएन।

३. नेपाल यार्सागुम्बा संघ
तीन वर्षको न्यूनतम सक्रियता अवधि पूरा नभएको, सदस्यहरूमा असम्बन्धित व्यवसायीको संलग्नता र संरचनागत अस्पष्टता।

४. एसी इँटा उत्पादक संघ
आवश्यक न्यूनतम सदस्य संख्या नपुगेको तथा इँटा उद्योग क्षेत्रमा अन्य संघसँग दोहोरो प्रतिनिधित्व।

५. नेपाल कागज उत्पादक संघ
दर्ता भएको अवधि तीन वर्ष नपुगेको र कागज क्षेत्रमै अन्य संघको उपस्थिति।

६. ऊर्जा उत्पादक संगठन नेपाल
ऊर्जा उत्पादन क्षेत्रमा अन्य संघहरू महासंघमा आबद्ध भएकाले नयाँ सदस्यता अस्वीकार।

७. नेपाल किवी उत्पादक तथा व्यवसायी संघ
तीन वर्षको सक्रियता नपुगेको, सदस्यहरूमा असम्बन्धित व्यवसायीको मिश्रण।

८. नेपाल बेसार संघ
सदस्यहरूको प्रकृति मिश्रित (अन्य कृषि तथा व्यवसायी समेत), विशुद्ध क्षेत्रगत प्रतिनिधित्वको अभाव।

९. नेपाल कोदो तथा फापर संघ
न्यूनतम मापदण्ड नपुगेको र सदस्य संरचनामा असम्बन्धित व्यवसायीको संलग्नता।

१०. नेपाल छुर्पी व्यवसायी संघ
तीन वर्षको अवधि नपुगेको तथा दुग्ध क्षेत्रका अन्य संघसँग दोहोरो प्रतिनिधित्व।

११. नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ
सदस्य सूचीमा दोहोरो नाम, असम्बन्धित व्यवसायीको सहभागिता र संरचनागत कमजोरी।

१२. नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ
पुस्तक तथा शैक्षिक सामग्री क्षेत्रमै अन्य संघ सदस्य भएकाले दोहोरो प्रतिनिधित्व।

१३. नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ
उही क्षेत्रमा अन्य संघ आबद्ध भएकाले विधानअनुसार नयाँ सदस्यता अस्वीकार।

१४. नेपाल सुन्तला तथा कागती संघ
तीन वर्षको सक्रियता पूरा नभएको र सदस्यहरूको संरचना मिश्रित।

१५. प्लास्ट नेपाल फाउन्डेसन
प्लास्टिक उद्योग क्षेत्रमा अन्य संघ सदस्य भएकाले दोहोरो प्रतिनिधित्वको आधारमा अस्वीकृत।

१६. नेपाल सिङ्गिङ बाउल संघ
तीन वर्षको सक्रियता नपुगेको तथा हस्तकला क्षेत्रका अन्य संघसँग ओभरल्याप।

१७. नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ
दर्ता अवधि नपुगेको, सदस्य संरचना अस्पष्ट र अन्य संघसँग दोहोरो आबद्धता।

१८. नेपाल वितरक महासंघ
न्यूनतम सदस्य संख्या (७५) नपुगेको तथा महासंघस्तरका लागि आवश्यक उच्च सदस्य मापदण्ड पूरा नभएको।

 

किन असफल भए अधिकांश संघ?  तीन मुख्य कारण:

समितिको विश्लेषणले तीन प्रमुख कारण औंल्याएको छ—

१. क्षेत्रगत दोहोरो प्रतिनिधित्व (Overlap)
धेरै संघहरू त्यही क्षेत्रका अन्य संस्थाहरू महासंघमा आबद्ध भइसकेकाले अस्वीकृत भए।

२. संस्थागत मापदण्ड अपूरो
न्यूनतम ७५ सदस्य, तीन वर्षको सक्रियता, कानुनी दर्ता जस्ता आधारभूत शर्त पूरा नगर्ने संघहरू बाहिरिए।

३. सदस्य संरचनामा अस्पष्टता
धेरै संघहरूमा सम्बन्धित क्षेत्रबाहिरका व्यवसायीको सहभागिता, दोहोरो सदस्यता वा असंगत सूची देखिएको छ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह