Logo

मुख्य समाचार

सेयर बजारमा १७.९१ अंकको गिरावट, कारोबार रकम सामान्य बढ्यो


GDP नेपाल
   ८ बैशाख २०८३, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.९१ अंकले घटेर दुई हजार ८०७.३१ विन्दुमा पुगेको छ ।






बैंकिङ ६, विकास बैंक ०.०५ , फाइनान्स २६, हाइड्रोपावर ५०, जीवन बीमा २९, उत्पादन ६१, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ९६, अन्य २६ र व्यापार उपसमूह ३७ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज होटल तथा पर्यटन उपसमूह भने ९७ अंकले बढेको छ ।

आज डोल्टी पावर कम्पनीको सेयर ८.७१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर १५ प्रतिशतले बढेको छ ।

यस दिन ३४७ कम्पनीको एक करोड ३० लाख कित्ता सेयर ५ अर्ब ७७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह