काठमाडौं । नवलपुरमा औद्योगिक तथा सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट उत्पादन सुरु भएको छ।
गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देवचुलीमा ‘सर्भो’ ब्रान्ड अन्तर्गत लुब्रिकेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको घोषणा गरेका हुन्।
उनका अनुसार इन्डियन आयल कर्पोरेसन र गोल्छा ग्रुपबीचको सहकार्यमा स्थापना भएको उक्त उद्योग विश्वास, साझा दृष्टिकोण र गुणस्तरप्रतिको प्रतिबद्धतामा आधारित रहेको छ।
नवलपुरको देवचुलीमा स्थापित यस उद्योगले वार्षिक रूपमा औद्योगिक तथा अटोमोबाइल क्षेत्रमा आवश्यक पर्ने लुब्रिकेन्ट उत्पादन गर्ने जनाइएको छ। उद्योग सञ्चालनसँगै करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ।
उद्योग स्थापना नेपाललाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशभित्रै उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको गोल्छाले उल्लेख गरेका छन्।










प्रतिक्रिया