Logo

Banner-news

शेखर गोल्छाको गैरन्यायिक थुनाविरुद्ध अदालतको आदेशः २४ घण्टाभित्र इजलासमा उपस्थित गराउनू


gdpnepal
   १५ बैशाख २०८३, मंगलबार


काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ र हिरासतमा राखिनुलाई गैरन्यायिक भन्दै अदालतमा दायर भएको रिटमा पहिलो सुनुवाईसँगै उनी छुट्ने आधार बलियो बनेको छ ।

गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

शेखरका तर्फबाट पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । मंगलबार सर्वोच्चमा भएको सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

यसअघि सोमबार मात्र गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउको भोलिपल्ट चार दिन म्याद थपेको प्रहरीले दोस्रोपटक तीन दिन समय पाए पनि उनको पक्राउलाई गैरन्यायिक भन्दै अदालतमा रिट दायर भएको हो ।

गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम समेत मुछिएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

 

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह