Logo

मुख्य समाचार

निर्माण व्यवसायी महासंघ अध्यक्षमा कालिका कन्स्ट्रक्सनका निकोलस पाण्डे विजयी


gdpnepal
   २० चैत्र २०८२, शुक्रबार


काठमाडौं। निर्माण व्यवसायीको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) अध्यक्षमा युवा व्यवसायी निकोलस पाण्डे निर्वाचित भएका छन् ।

बिहीबार राजधानीमा भएको महासंघको १३औं महाधिवेशन अन्तर्गत निर्वाचनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अध्यक्षमा निर्वाचित पाण्डे कालिका कन्सट्रक्सनका निर्देशक हुन् ।

निर्वाचन समितिबाट सार्वजनिक परिणामअनुसार नवनिर्वाचित अध्यक्ष पाण्डेले ५१४ मत ल्याएर विजयी हुँदा निकटतम प्रत्यासी वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले ४१३ मत पाए ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन्। पन्त पाण्डे समूहबाटै उम्मेदवार बनेका थिए।महासचिवमा शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धीरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका थिए ।

वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) प्रतिस्पर्धामा थिए।

उपाध्यक्षतर्फ एसोसिएटमा नरहरि थपलिया र एनपी शेर्पा चुनावी मैदानमा उत्रिएका थिए। महासचिवमा बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। कोषाध्यक्ष पदका लागि बालाजु श्रेष्ठ र उज्ज्वल गौतम प्रतिस्पर्धामा थिए। सह–कोषाध्यक्ष पदमा उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह चुनावी मैदानमा उत्रिएका थिए।

पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐनका दफा खारेजका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित : २० चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह