Logo

मुख्य समाचार

बजेटमा तयारी पोशाक उद्योग संघको असन्तुष्टि, निर्यातमा नगद अनुदान विभेदपूर्ण


GDP नेपाल
   २० जेष्ठ २०७९, शुक्रबार


नेपाल तयारी पोशाक उद्योग संघले सरकारले बजेजमार्फत निर्यातजन्य वस्तुमा बढाएको नगद अनुदानमा असन्तुष्टि जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले नगद अनुदान विभेदपूर्ण रहेको जनाएको हो ।

विगतमा ३ देखि ५ प्रतिशत नगद अनुदान पाउँदै आएको सूचीमा आफ्नो उत्पादन यथावत रहे पनि ८ प्रतिशत नगद अनुदानमा भने आफूलाई नसमेटिएको जनाउँदै संघले सरकारले कार्यविधि बनाउँदा पोशाक उद्योगका उत्पादनलाई पनि समेट्नु पर्ने बताएको छ ।

विगत १० वर्ष देखि निरन्तर रुपमा नेपाली तयारी पोशाक लगायत अन्य निर्यातजन्य वस्तुहरुमा उपलब्ध गराउँदै आएको ३ देखि ५ प्रतिशत नगद अनुदानको रकम बढाउनका लागि संघले यसअघि विभिन्न पहल गरिरहेको थियो । तर, सरकारले यसतर्फ ध्यान नदिएपछि र बजेटमा समेत आफूहरुलाई नसमेटेपछि संघले सम्मेलन गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।

नेपालबाट सन् २००१/२००२ मा करिब ३९–४० करोड डलर बराबरको तयारी पोशाक निर्यात हुने गरेको भएता पनि हाल आएर सो निर्यात ५ करोड डलरभन्दा पनि कम मुल्यमा खुम्चिन पुगेको संघले जनाएको छ ।

संघले नेपाल राष्ट्र बैंकद्वारा कोभिंड–१९ मा अति प्रभावित क्षेत्रको रुपमा घोषणा गरिएको यो उद्योगलाई राज्यले राहत दिन पर्ने माग समेत गरेको छ । त्यस्तै, विश्व बैंक नेपाल कार्यालयबाट प्रकाशित Nepal Development Update २०२१ प्रतिवेदनका अनुसार करिब १ अर्ब २० करोड अमेरिकी डलर बराबरको निर्यात गुमाएको देखाएको छ ।

उक्त गुमाईरहेको निर्यातलाई मध्यनजर गर्दा सहुलियपुर्ण व्याजदरको ऋण (स्थिर र चालु पुँजी), उच्च ढुवानी लागतलाई सम्बोधन गर्न उच्च दरको निर्यातमा नयाँ अनुदानको व्यवस्थाले यस उद्योग लगायत अन्य निर्यातजन्य उद्योगहरु शीघ्र परिणाममुखि हुने अवश्यम्भावि देखिएको संघले जनाएको छ ।

संघले विगत ४० वर्ष देखि स्वदेश भित्र उत्पादन गरि विदेशी मुद्रा आर्जनमा सघाउ पुन्याइरहेको तयारी पोशाक उद्योगलाई नयाँ नगद अनुदानको व्यवस्था अन्तर्गत समेट्न आग्रह गरेको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह