Logo

राजनीति

इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा


GDP नेपाल
   २९ पुस २०८२, मंगलबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ ।

ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् । इरान भारतबाट निर्यात हुने बास्मती चामलको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । तर इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत दण्डित गर्ने ट्रम्पको प्रस्तावित नीतिले भुक्तानी प्रक्रिया जटिल बनाउने, कारोबार जोखिम बढाउने र खरिदकर्ताको विश्वास कमजोर पार्ने सम्भावना रहेको बताइएको छ । बजार पहिले नै दबाबमा रहेकाले यो निर्णयले थप चुनौती सिर्जना गर्न सक्ने उद्योग पक्षको चिन्ता छ ।

ट्रम्पको भन्सार शुल्क घोषणाले अन्तर्राष्ट्रिय बैंकिङ च्यानल र बीमा कम्पनीहरूलाई इरानसँग जोडिएका कारोबारबाट टाढा राख्न सक्ने र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको व्यापारसमेत प्रभावित हुने आशंका गरिएको छ । यसले निर्यातकर्तालाई असुरक्षित वा ढिला भुक्तानीमा आधारित ढुवानी पुनः मूल्याङ्कन गर्न बाध्य बनाउन सक्छ ।

आईआरईएफले निर्यातकर्तालाई सुरक्षित भुक्तानी प्रणाली अपनाउन र सम्भावित जोखिम न्यूनिकरणका लागि पश्चिम एसिया, अफ्रिका तथा युरोपका वैकल्पिक बजारतर्फ विविधीकरण गर्न सुझाव दिएको छ । लामो समयसम्मको अनिश्चितताले किसानको ढोकामूल्यमा दबाब र भण्डारण लागत बढ्न सक्ने भएकाले समयमै वैकल्पिक बजार सक्रिय गर्नु आवश्यक रहेको महासंघको निष्कर्ष छ । एएनआई

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह