काठमाडौं । मौद्रिक नीतिले उत्पादनमूलक उद्योगलाई पनि थोरै सम्बोधन गर्ने प्रयाश गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले औद्योगिक कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रामा प्रवाह गर्ने कर्जाको अवधि बढाएको छ ।
यसअघि औद्योगिक कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रामा प्रवाह गर्ने कर्जाको अवधि ९० दिन थियो भने अब यसको सीमा दोब्बर बनाएर १८० दिन बनाइने उल्लेख छ ।
यसले कच्चा पदार्थ आयात गरेर उत्पादन गरी विक्रीबाट प्राप्त आम्दानीबाटै ऋण तिर्न व्यवसायीलाई सहज हुनेछ ।
प्रतिक्रिया