Logo

कर्पोरेट-बजार

प्रभु टिभीको आक्रामक सेवाले डिसहोमलाई तनाव, रातारात सिम टिभी खरिद


appharu
   ३२ असार २०७५, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा एक महिना अघिदेखि सञ्चालनमा आएको प्रभु टिभीले मुलुककै ठूलो डिसहोमलाई तनाव दिएको छ ।

प्रभु टिभीको सस्तो र सजिलो सेवाका कारण डिसहोम सहरी क्षेत्रबाट बाहिरिने सम्भावना देखिएपछि डिसहोमले रातारात सिम टिभी खरिदको निर्णय गरेको छ । सहरी क्षेत्रमा राम्रो उपस्थिति नै जनाउन नसकेको सिम टिभीको सम्पत्ति र दायित्वको कुनै मूल्यांकन नै नगरी डिसहोमले खरिद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रभु टिभीका प्रवद्र्धक देवी भट्टचनसमेत हालै डिसहोमबाट बाहिरिइसकेका छन् ।


डिस मिडिया नेटवर्कद्वारा जारी विज्ञप्ति अनुसार डिसहोमले डिसहोम र सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टिभी)को संचालक समितिको संयुक्त बैठकले खरिद सम्झौता सम्पन्न गरेको हो । यस खरिद सम्झौताअन्तर्गतको सेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिस मिडिया नेटवर्क लिमिटेडले तत्कालै लिने भएको छ ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो । ०७४ असार १८ बाट यो कम्पनी पब्लिक कम्पनीको रूपमा रूपान्तरण भइसकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयरसमेत निष्कासन गर्ने तयारीमा छ ।

यसैगरी सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रूपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो । सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिस मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराइको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरू तथा आबद्ध लोकल केवल अपरेटरहरूको पहँुचमा पुग्ने जनाएका छन् ।

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने डिस मिडिया नेटवर्कले जनाएको छ ।

प्रकाशित : ३२ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह