Logo

कर्पोरेट-बजार

भारतीय पर्यटकको हिस्सा ३७ प्रतिशत, चिनियाँको १३ प्रतिशतमात्रै


appharu
   १ श्रावण २०७५, मंगलबार


काठमाडौं । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको आगमन उत्साहजनक रुपमा वृद्धि भइरहेको र भारतीय पर्यटकको आगमन स्थिरजस्तै देखिए पनि जुन महिनाको तथ्यांकले भने अर्कै तस्बिर देखाएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा भारतीय पर्यटकको हिस्सा ३६.७ प्रतिशत रहँदा चिनियाँ पर्यटकको हिस्सा १३.४ प्रतिशतमा सीमित छ । यो तथ्यांक अघिल्लो जुनमा आएका पर्यटकसँग तुलना गरिएको हो ।

यद्यपि, जुनमा त्यसअघिको वर्षको तुलनामा चिनियाँ पर्यटक ३४.१ प्रतिशले तथा भारतीय पर्यटक १८.८ प्रतिशतले बढेका थिए । गत जुनमा २३ हजार ८ सय ९९ भारतीय र ८ हजार ७ सय चिनियाँ पर्यटक आएको बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुनमा कुल ६५ हजार १ सय ५९ पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको जुनको तुलनामा १६.४ प्रतिशतले बढी हो ।

जसमध्ये दक्षिण एसियाली मुलुकबाट ४० प्रतिशतभन्दा बढी अर्थात २६ हजार ५ सय ७३ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् भने अन्य एसियाली मुलुकबाट १४ हजार १ सय ९६ पर्यटक आएका छन् ।

यस्तै, यूरोपबाट आउने पर्यटकको संख्या ९.६ प्रतिशतले बढेको छ । जसमा जर्मनीबाट आउनेमा २७.५ प्रतिशत र स्पेनबाट २२.७ प्रतिशत वृद्धि छ । तर, फ्रान्सबाट आउने भने १३.६ प्रतिशतले घटेका छन् ।

प्रकाशित : १ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह