Logo

राजनीति

८ कक्षा प्रकरणः सुशीलाले भनेकी थिइन् दुर्गा प्रसाईंलाई, फायर भए केपी ओली


appharu
   ८ श्रावण २०७५, मंगलबार


काठमाडौं । गत शनिबार सोलिडारिटी फर गोविन्द केसीको कार्यक्रममा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रस्तावित बि एन्ड सी मोडिकल कलेजका विवादास्पद सञ्चालक दुर्गा प्रसाईंलाई इंगित गर्दै भनेकी थिइन्– कहिले ८ कक्षा पढेको छु भन्छ कहिले केपी ओली मेरो हजुरबा हो भन्छ, कहिले मार्सी भात खुवाएकै हो भन्छ, त्यस्ता व्यक्तिलाई किन पोस्ने ?


कार्कीले प्रष्टैसँग प्रसाईंलाई इंगित गरे पनि यसको सबैभन्दा चोट भने प्रधानमन्त्री केपी ओलीलाई परेको छ । चोरको खुट्टा काट् भन्दा आफैं खुट्टो उचालेको शैलीमा ओली प्रस्तुत भएका छन् ।

यद्यपि कार्कीले उक्त सम्बोधनमा ओलीप्रति कुनै नकारात्मक धारणा प्रस्तुत भएकी थिइनन् । उनले प्रसाईंलाई समेत ‘नेपाली नै हुन्, म केही भन्न चाहान्र्नँ भनेकी थिइन् ।

ओली आफैंले उक्त सम्बोधनको अडियो र भिडियो भने नहेरी सहयोगीबाट ब्रिफिङ लिएको देखिन्छ । उनका सहयोगीले अञ्जानवश होस् वा नियतवश जे होस् अर्कै ब्रिफिङ गरिदिए र ओलीले आफैंलाई भनेको महशुस गरेको देखिन्छ । ओली आफैं पनि औपचारिक शैक्षिक डिग्री हासिल गरेका व्यक्ति भने होइनन् ।

सोमबार एक कार्यक्रममा ओलीले कार्कीलाई उल्टै व्यंग्य गर्न भ्याए । ʻनिषेधाज्ञा तोड्दै के भन्नुभयो ? त्यो प्रम ४ क्लास पढेको छैन, के बुझ्छ कानून ?ʼओलीले भने– ʻमसंग सर्टि्फिकेट हेर्न आउनुभएको त थिएन, तर देख्नुभएछ !ʼ

सर्टिफिकेट प्रसंगलाई केही मिडियाले पनि बंग्याएर ओलीलाई नै हो भनेको हो भनेजसरी प्रस्तुत गरेपछि उनका कार्यकर्ताहरु सामाजिक सञ्जालमा आक्रोशित बनेका थिए । तर, युट्युब र फेसबुकमा सहजै पाइने त्यो ६ मिनेटको भिडियो हेर्ने फूर्सद कसैले निकालेका छैनन् ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह