Logo

Uncategorized

शाश्वत धाममा एकै दिन २५ हजार पुगे


appharu
   १ बैशाख २०७५, शनिबार


नवलपरासी, १ वैशाख । नवलपरासीको दुम्कौलीस्थित शाश्वत धामको आजमात्रै २५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा उक्त दिन शाश्वत धामको अवलोकन गर्न हजारौँ व्यक्तिको ओइरो लागेको थियो । अवलोकनकर्ताको भीडका कारण शाश्वत धाम संरक्षण समितिका पदाधिकारीलाई व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको थियो ।

देशका विभिन्न ठाउँ तथा भारत र अन्य देशका पर्यटकको शाश्वत धाम अवलोकन गर्न घुइँचो लागेको हो । नयाँ वर्षका दिन आजमात्रै ३० हजारभन्दा बढी व्यक्तिले शाश्वत धाम ९सिजी०को अवलोकन गरेको शाश्वत धामका प्रमुख नारायण श्रेष्ठले बताए ।
आन्तरिक एवं बाह्य पर्यटकको भीडका कारण व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जानकारी उनले दिए ।

वरिष्ठ उद्योगपति विनोद चौधरीको लगानीमा निर्माण गरिएको शाश्वत धाम यतिबेला मुलुककै पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताइएको छ ।

नयाँ शैली (खजुराव) मा निर्माण गरिएको आकर्षण भौतिक संरचना र त्यहाँ रहेको हिन्दू, बौद्ध धर्मावलम्बीहरुले मान्ने देवीदेवताका मूर्ति, परम्परागत वेशभूषा र संग्रहालयका साथै अन्य आकर्षण आकृतिहरुले आन्तरिक एवं बाह्य पर्यटकको ध्यान खिच्ने गरेको प्रशासन प्रमुख सरोज शर्माले बताए ।

लमजुङबाट गएका सूर्य बराल सिजी पहिलो पटक देख्दा दंग परे । सिजी मनोरञ्जन गर्ने ठाउँमात्र नभएर ज्ञानबद्र्धक ठाउँसमेत रहेछ उनले भने । अवलोकनकर्तालाई निःशुल्क रुपमा त्यसको अवलोकन गर्ने व्यवस्था र संग्रहालय हेर्न १ यि रुपैयाँको टिकट काट्ने व्यवस्था मिलाइएको शाश्वत धाम संरक्षण समितिले जनाएको छ ।

प्रकाशित : १ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह