Logo

कर्पोरेट-बजार

जब २ एभिएसन टाइकुन यसरी अँगालोमा भेटिए….


appharu
   २१ श्रावण २०७५, सोमबार


काठमाडौं । नेपाली हवाइ आकाशमा बुद्ध एयर र यति एयरलाइन्सबीच कस्तो प्रतिस्पर्धा छ भन्ने त धेरैलाई थाहा भएकै कुरा हो । यात्रुलाई सेवा दिएको र आम्दानीका हिसाबले सँधै पहिलो र दोस्रो हुँदै आएका यी एयरलाइन्सले तेस्रो प्रतिस्पर्धीलाई भने निकै पछाडि पारिसकेका छन् ।

पहिलो र दोस्रो स्थानमा रहेका यी एयरलाइन्सका सञ्चालकमध्ये बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत बढी व्यावसायिक र यति एयरका अध्यक्ष आङछिरिङ शेर्पा भने राजनीतिक शक्ति केन्द्रलाई खेलाउन उत्तिकै खप्पिस मानिन्छन् ।

यी दुवै एयरलाइन्सका सञ्चालकबीचको सम्बन्ध कस्तो होला ? धेरैलाई आश्चर्यमा पार्नेगरी बुद्ध एयरले गत शुक्रबार आफ्नो फेसबुक पेजमार्फत एउटा तस्बिर सार्वजनिक गरेको छ ।

तस्बिर त्रिभुवन विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरमा खिचिएको हो, जहाँ पृष्ठभूमिमा वुद्धको एक जहाजसमेत देख्न सकिन्छ भने बस्नेत र शेर्पाले एक अर्कालाई अँगालो हालेर फोटोको लागि पोजसमेत दिइरहेका छन् ।

प्रायः सार्वजनिक कार्यक्रममा समेत सँगै नदेखिएका यी दुई व्यवसायीबीचको सम्बन्ध त्यति सुमधुर भने नरहेको बताइरहेका बेला अर्थपूर्ण रुपमा तस्बिर सार्वजनिक भएको छ ।

यो तस्बिरलाई नेपालको नागरिक उड्डयन क्षेत्रकै दुर्लभ तस्बिरका रुपमा हेरिएको छ । एक अर्काका प्रतिस्पर्धी एयरलाइन्स संचालकबीचको यस्तो तस्बिरलाई स्वस्थ प्रतिस्पर्धाका रुपमा हेरिनुपर्ने र कर्पोरेट कल्चरका रुपमा लिइनुपर्ने जानकारहरु बताउँछन् ।

यस्तो छ प्रतिस्पर्धा
सन् २०१८ को जनवरीदेखि मार्चसम्म आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ६ लाख १० हजार ४ सय ८७ छ । जसमा बुद्ध एयरलाइन्सले कुल २ लाख ८० हजार ५सय १३ यात्रुलाई सेवा दिएको छ । यो कुल हवाई यात्रुको ४५.९४ प्रतिशत हो ।

दोस्रो बढी यात्रु बोक्न सफल यती एयरलाइन्सलले तीन महिनामा १ एकलाख ४८ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । यो संख्या कुल यात्रु संख्याको २४.३१ प्रतिशत हो ।

यस्तै, बुद्धले हालैमात्र भारतका विभिन्न गन्तव्यमा उडानका लागि तयारी गरिरहेको छ भने यतिले हिमालय एयरलाइन्समार्फत क्षेत्रीय उडान गरिरहेको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह