Logo

कर्पोरेट-बजार

प्रभु पे डाउनलोड गर्दा ३० रुपैयाँ पाइने, अरुलाई रिफर गरे थप ३० रुपैयाँ


appharu
   २५ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ ।

ग्रुपका अनुसार नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा दिनुका साथै बीमा सुविधा अरुलाई रिफर गरेमा ३० रुपैयाँ ब्यालेन्स दिने जनाएको छ ।

यो एप्लीकेसन डाउनलोड गर्दा मोबाइल नम्बर राख्नु पर्ने हुन्छ, त्यही नम्बरमा ३० रुपैयाँ ब्यालेन्स आउने छ । प्रभु ग्रुप अन्तर्गत बैंक, इन्सुरेन्स, मनी ट्रान्सफर, होलिकोप्टर, प्रभु टिभी, सूचना प्रविधि र व्यवस्थापनसम्बन्धी विभिन्न कम्पनीहरु रहेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रभु ग्रुपले ‘प्रभु पे’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो एप्लिकेसनको सहयोगमा मोबाइलबाटै विभिन्न आर्थिक कारोबार गर्न सकिने छ ।

‘प्रभु पे’ एप्लिकेसनको सहयोगमा कुनैपनि बैंक खातामा रकम ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल तिर्न, किनमेल गर्दा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न तथा मोबाइल रिचार्ज गर्न पनि सकिने जनाएको छ । यसबाट अनलाइन मात्र नभएर युनियन पे, क्यूआर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने ग्रुपले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह