Logo

कर्पोरेट-बजार

मनकामना केबलकारको क्षमता विस्तार, दैनिक ५८ सय यात्रुले सेवा पाउने


appharu
   २७ श्रावण २०७५, आइतबार


काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ ।

यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो ।

‘बढ्दो यात्रु चापलाई सम्बोधनगर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमताविस्तारपछि दैनिक थप १ हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’

२० वर्षअघि सन् १९९८ मा सेवा सुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसारपसार गरिरहेको छ ।
यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् ।

हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता ४ हजार ८सय छ । डब्बा थप गरेपछि दैनिक ५ हजार ८ सय यात्रुलाई सेवादिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवादिँदै आएको छ । क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवादिन सकिने कम्पनीको भनाइ छ ।

कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो ।
डोपलमेयर केबलकार प्रविधिमाविश्वकै प्रमुखमध्येको एक कम्पनी मानिन्छ । आगामी दसैंसम्ममा डब्बा जडान भइसक्ने श्रेष्ठले जानकारी दिए । ‘दसैंका बेला मनकामना दर्शन गर्न आउने यात्रुको चाप बढ्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यस बेलासम्म क्षमता विस्तारको काम पनि सकिन्छ ।’
यसले दसैंमामनकामनादर्शन गर्न जाने यात्रुलाई सहजहुने श्रेष्ठको भनाइ छ ।

क्षमताविस्तारका लागिकम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिए । चितवनको चेरेसस्थित केबलकार बटम स्टेसन र मनकामनास्थित टप स्टेसनबीचको दुरी ३.१३ किलोमिटर छ । केबलकारमा उक्त दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ । केबलकार सञ्चालनमा आउनुअघि हिँडेर पनिहजारौं यात्रु बर्सेनि प्रशिद्ध देवी मनकामनाको दर्शन गर्न पुग्थे ।

केबलकार सञ्चालनसँगै बृद्धबृद्धा, अशक्त र शारीरिक रुपमाकमजोर व्यक्तिहरु पनि सजिलै मनकामनापुग्नथालेको स्थानीय बताउँछन् ।

केबलकार स्थापनाले गोरखाको मनकामना क्षेत्रमा कायापलट ल्याएको स्थानीय बताउँछन् । केबलकार सञ्चालनसँगै मनकामनामायात्रु चाप बढ्दा सो क्षेत्रमाप्रशस्त संख्यामाहोटल, लजखुले । कम्पनीले वार्षिक आम्दानीको निश्चितप्रतिशत स्थानीयनिकायको विकासमाखर्च गर्ने गरेको छ ।

प्रकाशित : २७ श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह