Logo

कर्पोरेट-बजार

ओली सरकार अलोकप्रियः ज्ञानेन्द्रलाल प्रधान


appharu
   ३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानले केपी ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्दै गएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा प्रधानले भने, ‘वर्तमान सरकार दिन–प्रतिदिन अलोकप्रिय बन्दै गैरहेको छ, चुनावको बेलामा बाँडिएका सपनाहरुविपरित सरकारले काम गर्दै गैरहेको छ ।”

प्रधानले कुनै छलफल नगरी, कुनै बहस नगरी सरकारले करको दर बढाएको भन्दै सरकारले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । ‘केही कामहरु राम्रा पनि गरेको छ, भएको कुरा भन्नुपर्छ, तर संघीयतालाई कार्यान्वयन गर्ने बहानामा जनतालाई मर्कामा पार्नुहुँदैन्,’ प्रधानले भने ।

करलाई व्यवस्थित गर्ने हो भने जनता र मुलुककै विकास हुने प्रधानको भनाइ छ ।, उनले अघि थपे, ‘सरकारी खर्चलाई पारदर्शी बनाउनुपर्छ, सामान्य रोग वा बिरामी हुँदा विदेशमा उपचार गर्न जानुको साटो जनताको वास्तविक स्थितिबारे बुझेरमात्रै काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेपालको संघीयता केन्द्रदेखि गाउँकेन्द्रित रहेको र स्थानीय सरकार सञ्चालनको लागि आवश्यक कानून निर्माण नभएको स्थितिमा कर बढाउँदा जनतामा निराशा छाएको प्रधान बताउँछन् ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह