Logo

बैंक / बिमा /शेयर

७ प्रतिशतले बढ्यो सिद्धार्थ इन्स्योरेन्सकाे खुद नाफा


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वनिक गरेको छ ।

विरवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.१५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २१.८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी भने ८८ पैसाले घटेर १९ रुपैयाँ ४१ पैसामा सिमित भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह