Logo

कर्पोरेट-बजार

जुलाईमा ऐतिहासिक पर्यटक, हवाई मार्गबाट ७ महिनामै ६ लाख भित्रिए


appharu
   १ भाद्र २०७५, शुक्रबार


काठमाडौं । यस वर्षको जुलाइमा पर्यटक आगमनदर ऐतिहासिक रुपमा बढेको छ । गत वर्षको जुलाईको तुलानमा ७५.५ प्रतिशतले पर्यटक बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार जुलाईमा ७३ हजार २ सय ८५ पर्यटक आएका छन् । अघिल्लो जुलाईमा भने ४२ हजार २ सय ४० पर्यटक नेपाल आएका थिए ।

यससँगै यस वर्षको ७ महिनामै हवाई मार्गबाट आउने पर्यटकको संख्या ६ लाख नजिक पुगेको छ । बोर्डले दिएको जानकारीअनुसार जुलाईसम्म ५ लाख ९३ हजार २ सय ९९ पर्यटक नेपाल आइसकेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

सार्क राष्ट्रबाट आउने पर्यटकको वृद्धिदर झनै उत्साहजनक छ । जसको वृद्धिदर ६६.१ प्रतिशत रहेको छ । तर, सार्कभित्र बंगलादेशबाट आउनेको संख्या भने ९ प्रतिशतले घटेको छ । यूएसबंगला एयरलाइन्सको दुर्घटनापछि बंगलादेशी पर्यटक घटेका हुन् ।

चिनियाँ पर्यटकको वृद्धिदर १२५.४ प्रतिशत छ । जुलाईमा १३ हजार १ सय २३ चिनियाँ नेपाल आएका छन् भने संख्याका आधारमा भारतीयको आधिपत्य कायमै छ । भारतबाट जुलाईमा १८ हजार ३ सय ८५ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेका बेला यो वृद्धिदरलाई पर्यटन व्यवसायीहरुले उत्साहजनक रहेको बताएका छन् । पर्यटकको मुख्य सिजन सुरु हुनै लागेकाले यस वर्ष १० लाख पर्यटक सजिलै पुग्ने देखिएको छ ।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह