Logo

कर्पोरेट-बजार

यातायात व्यवसायीलाई उद्योग वाणिज्य महासंघले पनि साथ दिएन, सरकारी कदमको स्वागत


appharu
   ६ बैशाख २०७५, बिहिबार


जीडीपी नेपाल
काठमाडौं, ६ वैशाख
सरकारले सिन्डिकेट हटाएको विरोधमा देशभर सार्वजनिक यातायात ठप्प पार्ने यातायात व्यवसायीको आन्दोलनप्रति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि आपत्ति जनाएको छ । महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि माग पूरा हुन लागेकोमा खुसी व्यक्त गरेको छ ।

महासंघमा कुशकुमार जोशी अध्यक्ष हुँदा सिन्डिकेटविरुद्ध देशव्यापी अभियान सुरु भएको थियो । तर, पर्याप्त सरकारी समर्थन नहुँदा उक्त अभियानले सफलता पाउन नसके पनि यसविरुद्ध व्यापक जनमत सिर्जना भएको थियो । त्यसयता सिन्डिकेट अन्त्यका लागि सरकारलाई सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिइसकेको छ ।

महासंघले, नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रस“ग सम्बन्धित संघ/स“स्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने÷नगराउने निर्णयको स्वागत गरेको छ । खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र शोभनीय नहुने धारणा महासंघले निरन्तर राख्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विगतमा यस्ता सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको सख्त विरोध गर्दै त्यसको खारेजीका लागि सम्मानित अदालतको ढोका समेत ढक्ढक्याउनु परेको स्मरण पनि गरेको छ । ट्रक ढुवानीमा समेत जवरजस्ती लागू गरिंदै आएको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग महासंघको छ ।

सरकारको निर्णयको बिरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोस“ग सम्बन्धित संघ÷स“स्थाहरूलाई महासंघले आग्रह समेत गरेको छ ।

प्रकाशित : ६ बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह