Logo

कर्पोरेट-बजार

८ अर्ब लगानीमा एसियाकै उत्कृष्ट ‘लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माण हुँदै


appharu
   ६ भाद्र २०७५, बुधबार


पोखरा ।  पोखरामा ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ । एसियाकै उत्कृष्ट दावी  गरिएकाे रिसोर्ट एण्ड अपार्टमेन्ट बि एण्ड बि प्रालीद्धारा निमार्ण हुन थालेको सो अपार्टमेन्टले नेपालकै पर्यटन क्षेत्रको चलायमान बनाउने दावी कम्पनीले गरेको छ ।


रियलस्टेट क्षेत्रमा २५ वर्ष देखि काम गरेका पोखराका सफल युवा ब्यवसायीको लगानीमा परियोजना अगाडी बढेको हो ।
पोखरा महानगर पालीका १८ स्थित फेवातालको उत्तर पश्चिम सेदीमा अवस्थित ३६ रोपनी क्षेत्रफलमा एसीयाकै नमुना अपार्टमेन्ट बन्ने दावी परियोजनाका प्रवन्ध निर्देशक बिमल बसेलले जानकारी दिए ।

तीन बर्षमा सम्मपन गर्न सो परियोजना ८ अर्ब रुपैयाँको लागतमा निमार्ण हुने भएको हो । अपार्टमेन्टमा ‘३ तलाको पार्किङसहित १८ तला सम्म अपार्टमेन्ट निर्माण हुन्छ,’ बसेलले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं ।’

पर्यटन क्षेत्रमा गण्डकी प्रदेश सरकाले लिएको लक्षलाई पुरा गर्ने पनि यो आवश्यक रहेको उनको भनाइ छ । प्रदेश सरकाले यस क्षेत्रलाई लगानी मैत्री बनाउन लगानी सम्मेलन गदै छ । स्थानीय ब्यवसायीको अगुवाईमा सञ्चालन हुने सो परियोजनाले पोखरामा लगानी गर्ने वातावरण सिर्जना भएको ब्यवसायी हरुले वताएका छन् ।

एसियाकै नमुना अपार्टमेन्टमा २ वटा विल्डिङमा ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने सो कम्पनीका ईन्जीनीयर बिक्रम थापाले जानकारी दिए । ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुने छ ।

अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ प्रबन्ध निर्देशक बसेलले भने– अपार्टमेन्टले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ । जसमा २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर लगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने छन ।

अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिनेछ । नमुनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पु¥याउने कम्पनीका अध्यक्ष बिमला बसेलले जानकारी दिइन् ।

परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिऐ । अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने छ । संसारकै उत्कृष्ट अवधारणाबाट निमार्ण हुने अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ कम्पनीको भनाई छ । प्रि लन्चिङका अवसरमा झण्डै ९० बटा अपार्टमेन्ट बुकिङ भएको बताईएको छ ।

यता पोखरा सागुरो हुदै गएको छ सानासाना घरले पोखरालाई अब्यवस्थित बनाउने भएपछि महानगरले मापडण्डमा थप उदार हुन थालेको छ । हाल सम्म पोखरा ३५ फिटको अनुमती लिएर ११ तलाका होटल बनेका छन । सोही लाई आधार मानेर महानगरले उचाईको मापडण्डलाई परिमार्जन गर्ने थालेको छ । उचाईको मापदण्ड बढाउने प्रकृया अगाडी बढाएको महानगरका नक्शा शाखा प्रमुख ईन्जिनियर पूर्ण गुरुङले बताए ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह