Logo

कर्पोरेट-बजार

लाहानमा रेनोको नयाँँ शोरुम


GDP नेपाल
   २८ मंसिर २०७८, मंगलबार


लाहान ।

सोमबारबाट लाहानमा रेनोको नयाँ शोरुम सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा भाग्य महालक्ष्मी अटोमोबिल्स नामक नयाँँ शोरुम खोलेको हो ।

भाग्य महालक्ष्मी अटोमोबिल्स प्रा. लि. का सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्यको प्रमुख अतिथि तथा कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईबाट उक्त शाखाको उद्घाटन समारोह सम्पन्न भएको हो ।

कम्पनीका जेनेरल म्यानेजर श्रेष्ठज्यु भने, “हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ । नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।”

सेल्स नेट्वर्क प्रमुख भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताएका छन् ।

यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह