Logo

कर्पोरेट-बजार

लक्ष्मी ग्रुप ४८ औं वर्षमाः अटोमोबाइलबाट फड्को, मिठाइदेखि स्टीलसम्म उत्पादन !


GDP Nepal
   ६ पुस २०७८, मंगलबार


काठमाडौं । पोखराबाट उदाएको लक्ष्मी ग्रुप आधा शताब्दी नपुग्दै नेपालको प्रतिष्ठित औद्योगिक घरानाका रुपमा स्थापित भएको छ । लक्ष्मी ग्रुपलाई धेरैले अटोमोबाइल क्षेत्रको बादशाहका रुपमा चिन्ने गरे पनि यसको पहिचान भने उत्पादनमूलक उद्योगसँग जोडिएको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स हुँदै स्टील उद्योगसम्म आफ्नो व्यवसाय विस्तार गरेको छ ।

लक्ष्मी ग्रुपमा हाल २० कम्पनी रहेका छन् र यी कम्पनीबाट १ हजार ७ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । सोमबार यसले ४८ औं स्थापना दिवस तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको थियो । लक्ष्मी ग्रुप अन्तर्गतका सम्पूर्ण कम्पनीबाट कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको उदघाटन र स्वागत मन्तव्य ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले गरे ।

कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । खेलकुद सप्ताहमा बिजेता भएका खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो भने ग्रुपले हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ ।

ग्रुपले पुष ५ गते रक्तदान कार्यक्रम कार्यालयको आफ्नै आँगनमा संचालन गरेको थियो, जसमा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्यान्न सामग्री, टोपी र मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो । यसैगरी सेरेबल पल्स नेपालमा मिठाई, स्टेसनरी, डाईपर, मस्क, स्यानिटाइजर गरि ४२ वटा सामग्रीहरु वितरण गरेको थियो ।

कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले ‘लक्ष्मी एकेडेमी’ को उदघाटन गरे भने आगामी योजनाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिए ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह