काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३४.६३ अंकले घटेर दुई हजार ७०४.०८ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक १२७, फाइनान्स २२, होटल तथा पर्यटन १०७, हाइड्रोपावर ८५, जीवन बीमा ६१, उत्पादन २९०, निर्जीवन बीमा १००, अन्य ९ र व्यापार उपसमूह ५२ अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स ०.१४ अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १२.५८ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेपनि फर्वार्ड माइक्रोफाइनान्सको सेयर १५ प्रतिशतले बढेको छ ।
यस दिन ३४१ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब २६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया