काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २५.८१ अंकले घटेर दुई हजार ७४४.४५ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, फाइनान्स १५, होटल तथा पर्यटन १३२, हाइड्रोपावर ५७, जीवन बीमा १०५, उत्पादन २६०, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १२० र अन्य १८ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज विकास बैंक ८ र व्यापार उपसमूह ४१ अंकले बढेको छ ।
आज शिखर पावरको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेपनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १३.८१ प्रतिशतले बढेको छ ।
यस दिन ३५१ कम्पनीको एक करोड २१ लाख कित्ता सेयर ४ अर्ब ९८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया