काठमाडौँ । नेपाल आयूर्वेद औषधी उत्पादक संघको ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार सम्पन्न संघको अधिवेशनले अध्यक्षमा बुद्धिमान शाक्य, वरिष्ठ उपाध्यक्षमा डा.सुमन पौडेल, उपाध्यक्षमा विनोद अधिकारी, महासचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा अर्जुन पौडेल, सहकोषाध्यक्षमा मिन प्रसाद ढकाल र सचिवमा डिल्ली प्रसाद घिमिरेलाई चयन गरेको हो ।
साथै, सदस्यहरुमा सिद्धार्थ खण्डेलवाल, नारायण सापकोटा, मनिष कुमार झा, राजु प्रसाद अधिकारी र जिना पौडेल चयन भएका छन् । संघको निर्वतमान अध्यक्षमा सुमन प्रसाद पाण्डेय रहेका छन् ।
अधिवेशनमा संघका संस्थापक तथा पूर्वअध्यक्ष नारायण अर्याल, पूर्व अध्यक्ष मान बहादुर साउद, पूर्व सल्लाहकार सुरज बस्नेत र निवर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल उपस्थित थिए ।










प्रतिक्रिया