Logo

मुख्य समाचार

एभरेष्ट कलरको आईपीओ बिक्री खुला


GDP नेपाल
   १६ बैशाख २०८३, बुधबार


काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार उक्त आईपीओ निष्कासन छिटोमा वैशाख २२ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेमा ढिलोमा वैशाख ३० गतेसम्म खुला रहनेछ ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ ।

प्रकाशित : १६ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह