काठमाडौँ । सामबार सेयर बजार परिसूचक नेप्से ७.७३ अंकले बढेर दुई हजार ७९६.४३ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, विकास बैंक ६८, फाइनान्स १०, होटल तथा पर्यटन ७९, जीवन बीमा १६, उत्पादन १७८, माइक्रोफाइनान्स १४ र निर्जीवन बीमा १६ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज हाइड्रोपावर ७, अन्य ८ र व्यापार उपसमूह ५३ अंकले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलको सेयर १५ प्रतिशतले बढेको छ। समग्रमा बजार बढेपनि माईखोला हाइड्रोपावरको सेयर १० प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३५१ कम्पनीको एक करोड ९ लाख कित्ता सेयर ४ अर्ब ७४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया