काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १७.०१ अंकले घटेर दुई हजार ७८७.१५ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ५, फाइनान्स २५, होटल तथा पर्यटन ११७, हाइड्रोपावर ४२, जीवन बीमा ५४, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १३१ र अन्य १७ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज उत्पादन ६९ र व्यापार उपसमूह १६ अंकले बढेको छ ।
आज सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर सबैभन्दा धेरै ११.७९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि पाल्पा सिमेन्ट र शिखर पावरको सेयर भने १५ प्रतिशतले बढेको छ ।
यस दिन ३४८ कम्पनीको एक करोड १३ लाख कित्ता सेयर ५ अर्ब ९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया