Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, कारोबारमा भने वृद्धि


GDP नेपाल
   ९ बैशाख २०८३, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २.९५ अंकले घटेर दुई हजार ८०४.१७ विन्दुमा पुगेको छ ।






विकास बैंक १६ , होटल तथा पर्यटन १९९, हाइड्रोपावर २, जीवन बीमा ३१, माइक्रोफाइनान्स ७, अन्य ०.५७ र व्यापार उपसमूह ४२ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज बैंकिङ १, फाइनान्स १४, उत्पादन २९ र निर्जीवन बीमा ४२ अंकले बढेको छ ।

आज होटल फरेष्ट इनको सेयर १०.७५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर १५ प्रतिशतले बढेको छ ।

यस दिन ३४२ कम्पनीको एक करोड ७५ लाख कित्ता सेयर ७ अर्ब ८१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह