काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
आज सामाजिक संजालमार्फत उनले सरकार मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने उदार देखिएको टिप्पणी गरेका हुन् ।
‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कन्चन्जङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केवलकार थाप्न खोज्ने व्यपारीलाई चाहिँ माया गर्छ हो रु,’ उनले लेखेका छन् ।
उनले आज अरूको घरमा डोजर पुग्दा समर्थन गर्नेहरूकै घरमा भोलि डोजर चल्लन सक्ने बताए ।
उनले लेखेका छन्, ‘मलाई गाली गर्नेहरुकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई १ अरुलाई खाने बाघले आफुलाई पनि खान्छ है !’










प्रतिक्रिया