Logo

कर्पोरेट-बजार

५ महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात


GDP नेपाल
   ११ पुस २०७८, आइतबार


काठमाडौँ ।

चालु आर्थिक वर्षको ५ महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी आयात गरिएको छ ।

नेपालमा केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतारलगायतका देशहरूबाट सुन र हङकङ, स्विट्जरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिसलगायतका देशहरूबाट चाँदी आयात हुने गरेको विभागले जनाएको छ । त्यस्तै, मंसिर मसान्तसम्ममा २३ करोड ३७ लाख बराबरको चाँदीमा प्रयोग हुने पाउडर भएको छ ।

विभागका अनुसार पछिल्लो पाँच महिनामा ७ करोड ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस्तै, १ अर्ब ८८ करोडको सुन आयात हुँदा ५ करोड ९४ लाख बराबरको सुनको गहना र २ करोड २१ लाख बराबरको बहुमूल्य धातु आयात भएको तत्थ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार सोही अवधिमा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह