Logo

कर्पोरेट-बजार

रिजालको नमकिन सहितका उत्पादन अब काठमाडौंमा


GDP Nepal
   ११ पुस २०७८, आइतबार


काठमाडौं । रिजालको नमकिनसहितका उत्पादन अब काठमाडौंमा पनि उपलब्ध हुने भएको छ । विगत ३४ वर्षदेखि काठमाडौं उपत्यकाबाहिरको बजारमा बिक्री वितरण गर्दै आइरहेको रिजालको नमकिनका उत्पादन उपभोक्ताको रुचिअनुसार काठमाडौंको बजारमा ल्याइएको हो ।

आफ्ना विभिन्न तयारी प्याकेजिङ् स्न्याक्स नमिकन औपचारिकरुपमा काठमाडौंमा बजारीकरण गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए ।

काठमाडौं बाहिरका सबैजसो प्रमुख बजार ओगटीसकेको कम्पनीले आफ्ना उत्पादनहरु सीमित क्षमताका कारण काठमाडौंका निश्चित ठाउँमा मात्रै उपलब्ध गराउँदै आएको थियो ।

काठमाडौंको भाटभटेनीलगायतका ठूला सुपरमार्केटकमा मात्रै विगतमा बिक्री वितरण गर्दै आएको भए पनि अहिले कम्पनीले आफ्नो क्षमता र उत्पादन बढाएसँगै देशभर नै पठाउन लागेको रिजालले जानकारी दिए ।

उनका अनुसार कुल आन्तरिक बजारको करिब ४० प्रतिशत खपत हुने बजारमा आफ्ना उत्पादनहरु लिएर अत्यन्त उत्साहका साथ काठमाडौंमा प्रवेश गरेको रिजाल बताउँछन् ।

कम्पनीका प्रमुख बिक्री प्रबन्धक प्रितम रिजालले दिएको जानकारीअनुसार काठमाडौंमा यसको माग पनि अत्यधिक रहेको छ ।

“हाम्रा उत्पादनहरुको माग काठमाडौंमा पहिलेदेखि नै भए पनि हाम्रो उत्पादन क्षमता नहुँदा पुर्‍याउन सकेका थिएनौँ,” उनी भन्छन्, “अहिले हामी क्षमता बढाएर देशभर हाम्रा उत्पादन पुर्‍याइरहेका छौँ । काठमाडौंका पसलहरुमा पनि अब रिजालको नमकिन उपलब्ध हुनेछ ।”

चितवनमा अत्यधुनिक प्रविधिसहितको कारखाना रहेको र करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको कम्पनीले आफ्ना उत्पादनहरु दालमोठ, भुजिया, आलु भुजिया, आलु चिप्स, मुङ्ग दाललगायत उपभोक्तामाझ विदेशी अन्य उत्पादनको दाँजोमा सरल र सुलभ मूल्यमा बिक्री गर्दै आएको पनि प्रितम रिजालले बताएका छन् ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह