Logo

Uncategorized

बालिका बलत्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन पारित


appharu
   ९ बैशाख २०७५, आइतबार


जीडीपी नेपाल
भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो । अब भारतमा बालिकामाथी हुने बलात्कारका घटना घट्ने अनुमान गरिएको छ ।
जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको सनन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सारेका हुन । मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो । नेपालमा पनि वर्षेनी बालिकामाथी हुने बालात्कारका घटना बढ्दै जाँदा सरोकारबालाहरुले मृत्युदण्डको सजाँय माग गर्दै आएका छन् ।

प्रकाशित : ९ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह