Logo

कर्पोरेट-बजार

पोखरा–लुम्बिनी सुविधासम्पन्न बस, यस्ता छन् सुविधा


appharu
   १२ भाद्र २०७५, मंगलबार


काठमाडौं । नेपालमा बढ्दो सहरीकरणसँगै सुविधाजनक यातायातको व्यवस्था हुन थालेको छ । काठमाडौंबाट विभिन्न गन्तव्यमा पुग्ने सार्वजनिक र पर्यटकीय बसहरु सुविधासम्पन्न हुने समाचार अब नौलो रहेन ।

अब यस्तो सुविधा काठमाडौंमा मात्र सीमित छैन । पोखरा–लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि भन्दै भदौ १५ गतेदेखि अत्याधुनिक सुविधासम्पन्न (भीआईपी डिलक्स) बस सेवा सञ्चालनमा आउने भएको छ ।

पोखरा जगदम्बा ट्राभल्स प्रालिले पोखरा र लुम्बिनीको आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ १५ शुक्रबारदेखि सीधा बस सेवा सञ्चालन हुने भएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

लुम्बिनीबाट भने भदौ १७ देखि निरन्तर सञ्चालन हुने गरी लुम्बिनी पोखरा सीधा बस सेवा सञ्चालन हुनेछ । “हामीले पोखरा काठमाडौं–पोखरा सौराह हँुदै पोखरा लुम्बिनीलाई सडक यातायातमा जोड्नका लागि सुविधासम्पन्न बस सेवा आवश्यक भएको देखेर लगानी गरेका हौं,” अधिकारीले भने, “पर्यटकहरूको इच्छा र चाहनाअनुसार बस संख्या वृद्धि गरी थप अन्य क्षेत्रसँग जोड्नका लागि समेत हामी तयार छौं । ”

स्तरीय पर्यटकीय बस सेवामा रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न सकिने २० सिटे स्लिपर सिट छ, बसमा पूर्ण रूपमा वातानुकूलित एयर कन्ट्रोलर सिस्टम छ । नन स्टप उक्त बसले पोखराबाट नारायणगढ, बुटवल, भैरहवा सुनौली हँुदै लुम्बिनीसम्म करिब ८ घण्टाको यात्रा हुने भएको अध्यक्ष अधिकारीले जनाए ।

यात्रुको लागि उक्त बसभित्र बिहान नास्ता, चिया, कफी, कोलड्रिङसको साथमा मध्यम गन्तव्यमा खानाको व्यवस्था मिलाएको उनले जनाए । १ करोड ५० लाखको लगानीमा दुइटा बस सेवा हाल सञ्चालनमा आउने भएको हो ।

केही समयअघि पोखराका पर्यटन व्यवसायीहरूको पहलमा पोखरा लुम्बिनीका लागि पर्यटक स्तरीय सीधा बस सेवा सञ्चालनको प्रयास भए पनि विभिन्न यातायात समितिहरूको सिन्डिकेटका कारण सेवा सञ्चालन हुन सकेको थिएन । २०४० सालबाट जगदम्बा प्रतिष्ठानअन्तर्गत स्थापना भएको जगदम्बा ट्राभल्सले विगत केही वर्ष अघिदेखि पोखरा काठमाडौं दैनिक दुई÷दुइटा तथा पोखरा सौराह अत्याधुनिक सुविधासम्पन्न सीधा बस सेवा सञ्चालन गर्दै आएको छ ।

सोमबार एक समारोहकाबीच पोखरा लुम्बिनीको अत्याधुनिक सुविधासम्पन्न बस सेवाको प्रालिका संरक्षक द्रोणराज अधिकारीले उद्घाटन गर्दै गुणस्तरीय यात्रुहरूको चाहनाले गर्दा पोखरादेखि धेरै सहरहरूको सडक यातायात जोडिदै गएको बताए ।
२०३३ सालदेखि आफूहरूले निकै कठिन अवस्थामा पनि यातायात क्षेत्रमा लागानी गरेको उनले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले केही समय अघि पोखराका पर्यटन व्यवसायीहरूले पोखरा लुम्बिनीमा सीधा बस सेवा सञ्चालनको प्रयास भए पनि असफल भएको अवस्थामा जगदम्बाले सुरु गरेकोमा खुसी व्यक्त गर्दै यस्तो सेवा विस्तारले पर्यटन प्रवद्र्धन हुने बताए ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह