Logo

कर्पोरेट-बजार

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह