Logo

कर्पोरेट-बजार

सामसुङ नोट–९ मा तीन गुणाभन्दा बढी प्रि-बुकिङ


appharu
   १५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । सामसुङले नोट–९ को प्रि वुकिङमा ग्राहकहरुबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त भएको जनाएको छ । प्रि–वुकिङ भदौ १ गतेदेखि १४ गतेसम्म चलेको थियो ।

सामसुङका अनुसार नेपाली मोबाइल बजारमा प्रि–वुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि– वुकिङ झण्डै तीन गुणाले बढी भएका पाइएको छ ।

Samsung Note 9

यसको कारणबारे उल्लेख गर्दै सामसुङले भनेको छ– यसमा अद्वितीय विशेषता रहेको छ अनि एस पेनसहितको व्लुटुथ रहेको छ जसले हाम्रा ग्राहकलाई प्रि– बुकिङका लागि उत्प्रेरित ग¥यो ।

दक्षिण एसियाली बजारमा यो मोबाइल भदौ ६ मा नयाँदिल्लीस्थित हायात रिजेन्सीमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा एक हजारभन्दा बवढी संचारकर्मी सहभागी थिए ।

कार्यक्रममा सहभागी हुनका लागि नेपाल, श्रीलंका, वंगलादेश, भारत लगायतका मुलुकहरुबाट मिडिया तथा अतिथिहरु दिल्ली पुगेका थिए ।
नेपालमा भने सामसुङले टुटफुटको बिमासहित एनसेलको एक वर्षे १८ हजार एमवी डाटासहितको प्रि–वुकिङ खुला गरेको थियो । त्यसैगरी एउटा छालाको वालेट, एडिएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडीएमआई एडप्टर र सामसुङ क्रर्भ मोनिटरको अफरसमेत सार्वजनिक गरेको थियो ।

यसवाहेक सामसुङको प्रि–वुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुनपाउने व्यवस्था गरिएको थियो ।

‘हामी सामसुङमा रहेकाहरुले प्रि– वुकिङमाप्राप्त गरेको प्रतिक्रियाले एकदमै खुसी छौं । हामीले अपेक्षा गरेको भन्दाअध्याधिक धेरै प्रतिक्रया र अद्वितीय रेस्पोन्सप्रति हामी प्रि– वुकिङ गर्नुहुने सबैलाई धन्यवाददिन चाहान्छौ । हामीले अपेक्षा गरेभन्दातीन गुण प्रि वुकिङ भएको छ र हामी यो तथ्यमापुनजोड दिन चाहान्छौ किग्यालेक्सीको नोट प्रयोगकर्ताहरु सामसुङको सबैभन्दा निष्ठावान संरक्षक हुन्,’ आइएमएस बिजका प्रमुख प्रणयरत्न स्थापितले भने ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह