Logo

कर्पोरेट-बजार

काठमाडौंबाट पोखरा उडेको विमानको ढोका आकाशमै खुलेपछि…


GDP नेपाल
   २ माघ २०७८, आइतबार


काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमानको ढोका आकाशमै खुलेपछि तत्काल काठमाडौं फर्काइएको छ ।

उडेको केही समयमा विमानमा प्राविधिक गडबडी देखिए भन्दै एयरलाइन्सको विमानलाई तत्काल काठमाडौं विमानस्थलमा अवतरण गराइएको हो । उडेको पाँच मीनेटमै ढोका खुलेको जानकारी प्राप्त हुनासाथ विमानलाई काठमाडौं विमानस्थलमा फिर्ता गरिएको एयरलाइन्सका एक कर्मचारीले जानकारी दिएका छन् ।

त्यस्तै, उक्त विमानका यात्रुलाई गुणकै अर्को विमानमा पोखरा पठाइएको एयरलाइन्सले बताएको छ ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह