Logo

कर्पोरेट-बजार

नबिल बैंकका अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण


GDP Nepal
   ६ माघ २०७८, बिहिबार


काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पौडेललाई पुस ३० गते बसेको बैंक सञ्चालक समिति बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा पुनःनिर्वाचित गरेको थियो ।

अध्यक्ष पौडेललाई यसअघि बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको थियोे ।

बुधबार नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रसहित उच्च अधिकारीको उपस्थितिमा सपथग्रहण गरिएको हो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले नबिल बैंकले ३७ औंसाधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह