Logo

कर्पोरेट-बजार

आइ.एस.ओ प्रमाणिकरण प्राप्त गर्न सफल भयो हिमालय एयरलाइन्स


GDP नेपाल
   १० माघ २०७८, सोमबार


नेपाल-चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।

एयरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो ।

एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

 

स्मरणीय छ, हिमालय एयरलाइन्सले यसपूर्व अर्थात् अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ सेवा वापत आईएसओबाट प्रमाणीकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

 

आइएसओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन (ISO) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (UKAS)’ द्वारा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको थियो ।

व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवं नियामकतासम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणित गर्दै एयरलाइन्सले यो प्रमाणिकरण प्राप्त गरेको हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गले हिमालयका लागि आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्तगर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको उनले बताए । आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिवद्धत्ता समेत उनले दोहोर्‍याए ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धी भएको बताए । कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइ.एस.ओ. प्रमाण पत्र प्राप्तगर्न सफल रहेको उनले बताए । यसले हिमालयको उच्चस्तरको कार्य क्षमता तथा कार्य प्रणालीको प्रदर्शन गर्दै स्तरिय व्यवस्थापन प्रतिको आफ्नो निरन्तर प्रतिबद्धत्तालाई पुष्टि गरेको समेत उनले बताए ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह