Logo

कर्पोरेट-बजार

कुपन्डोलको गुसिंगालमा बजाज सर्भिस सेन्टर


GDP नेपाल
   १२ माघ २०७८, बुधबार


नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ललितपुरको कुपन्डोल गुसिंगालमा सुविधासम्पन्न गुसिंगाल मोटरसाइकल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यस क्षेत्रका ग्राहकलाई बजाज सर्भिस र स्पेयर्स पार्टस् उपलब्ध गराउने उद्देश्यले गुसिंगालमा सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । दक्ष प्राविधिकबाट सर्भिसिङ गराइने सर्भिसिङ सेन्टरमा ५५ मिनेटभित्रै काम सम्पन्न हुने कम्पनीको दाबी छ । दैनिक ८० वटाभन्दा बढी बाइक सर्भिसिङ क्षमताको यस सेन्टरमा ग्राहक सुविधाका लागि प्रतीक्षालय र क्याफे सुविधा रहेको छ ।

सर्भिस सेन्टर उद्घाटन गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले कुपन्डोलमा खोलिएको नयाँ सोरुमबाट बजाज मोटरसाइकलका सम्पूर्ण सुविधा उपलब्ध हुने जानकारी दिए ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह