Logo

Uncategorized

राजधानीमा मारवाडी महोत्सव हुने


appharu
   १० बैशाख २०७५, सोमबार


काठमाडौं, १० वैशाख । झापा मारवाडी समाजअन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ ।

वैशाख १५ गते आयोजना हुने महोत्सवको उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्ने आयोजकले जनाएका छन् ।
नेपालमा सदियौंदेखि मारवाडीहरुको बसोबास रहिआए पनि यस समुदायका चाडपर्व र उत्सवहरुमा बाहेक सार्वजनिक रूपमा मारवाडी कला, संस्कृति र परम्परा, वेशभूषाको प्रदर्शनी भएको छैन ।

मारवाडी परम्परा, इतिहास र कला, संस्कृतिबारे जागरण फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा मारवाडी समुदायमा लोकप्रिय राजस्थानी लोकनृत्य प्रदर्शन गरिने पनि झापा मारवाडी समाजका अध्यक्ष मदन मित्तलले जनाए । सांस्कृतिक कार्यक्रमका लागि राजस्थानबाट कलाकर्मीहरु ल्याइने छ ।

महोत्सवमा सुफी संगीत र लांगा संगीतको मज्जा पनि लिन पाइनेछ । यसका लागि १२ कलाकार सम्मिलित सांगीतिक टोली राजस्थानबाट आउने छ । सारंगी, रावणहत्या, कामायाचा, मोर्चङ र एकतारा जस्ता राजस्थानी लोकबाजाका साथ सांगीतिक प्रस्तुतिहरु हुनेछन् भन्दै उनले त्यसैगरी कठपुतली सो, फोटो प्रदर्शनी, वर्तनकला, ढोलातासारनगरा, कच्चीघोडी स्वागत, भाला मसाल, सांस्कृतिक÷परम्परागत पोसाक, मारवाडी खाना, मारवाडी वास्तु र मारवाडी उपहारका सामानको स्टल मेलाका आकर्षण हुनेछन् ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह