Logo

कर्पोरेट-बजार

गोल्छा समूहको सांग्रिला मोटर्सद्वारा ज्याकको डबल डबल क्याब बुकिङ खुला


GDP Nepal
   १९ माघ २०७८, बुधबार


काठमाडौं । गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा अल न्यू ज्याक टीएट पीकअप ट्रकको बुकिङ खुल्ला गरेको छ ।

नेपालमा सार्वजनिक भएको न्यू ज्याक टी एट आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाहरुले भरिपूर्ण छ । यो ज्याक मोटर्सको आठौं पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ ।

टी एट लाइनअपमा डबल–क्याब रहेको छ । जुन टी सिक्स डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ । टी एटमा बार्गवार्नरका इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेको छ । यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ ।

कम्पनीले यसको बजार मूल्य ५६.९९ लाखबाट सुरु हुने जनाएको छ ।

साँग्रिला मोटर्स प्रा. लि. गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसन ले विगत ८ दशक देखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह